७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कुमारी बैंकको शेयर मूल्य समायोजन


१५ मंसिर, काठमाडौँ । कुमारी बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.८५% बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य २७३ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर सोमबार बैंकको शेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


कुमारी बैंककाे मंसिर २९ गते बस्ने साधारण सभाको लागि सोमबार मंसिर १५ गते बुक क्लोज गरेको छ । जसअनुसार आइतबार मंसिर १४ गतेसम्म कायम शेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०.८५% बोनस र ३.१५% नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ०८:४५