आइतबार पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
१४ मंसिर, काठमाडाैँ । आइतबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि ओरालो लागेको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच हुँदैछ ।
प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १२:३१