१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

माउण्टेन इनर्जीको प्रि–अलोटमेन्ट आज हुँदै, कति जनाले पाउलान आइपीओ ?


१४ मंसिर,काठमाडौँ । माउण्टेन इनर्जीको आइपीओ प्रि–अलोटमेन्ट आज हुने भएको छ । आइपीओ बाँडफाँटको तयारी स्वरुप प्रि–अलोटमेन्ट आइतबार हुन लागेकाे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएकाे छ  ।  प्रि–अलोटमेन्ट गरेको ३ दिन भित्र आइपीओ बाँडफाँट गर्ने प्रावधान रहेकाले बुधबारसम्म बाँडफाँट गरिने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

मेरो शेयरमा आएको समस्याले समयमै आवेदन भेरीफाई हुन नसक्दा माउण्टेनको आइपीओ बाँडफाँटमा ढिलाई भएको बिक्री प्रबन्धकले बताएका छन् । कुन दिन बाँडफाँट गर्ने भनेर अन्तिम निर्णय भने भइसकेको छैन । माउण्टेन इनर्जीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट शेयर बाँडफाँट हुनेछ ।

यसमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बरारको आवेदन परेको हो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार ०९:४४