१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

युनाईटेड इदी–मर्दीको आइपिओ आज बाँडफाँड हुँदै


१४ मंसिर, काठमाडौँ । युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारणस शेयर (आइपिओ) आज बाँडफाँड हुँदैछ ।
आज  अपराह्न ४ बजे ग्लोबलको कार्यालय जमल, काठमाडौँमा बाँडफाँट हुने कार्यक्रम तय भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएकाे छ ।

युनाइटेड इदी मर्दीको आइपीओमा ५ लाख ४१ हजार २६३ जनाले आवेदन दिएका छन् । सर्वसाधाणलाई छुट्याइएको ८ लाख १२ हजार ७३६ कित्ता सेयरका आधारमा ८१ हजार २७३ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पार्नेछन् । बाँकी ४ लाख ५९ हजार ९८९ जना आइपीओ पाउनबाट बञ्चित हुनेछन् । यसमा कुल ९४ लाख ९८ हजार ४०० कित्ताका लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार ०८:४९