१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मंसिर १६ गते १ बजे बस्नेगरी नेकपा सचिवालय बैठक सकियाे


१३ मंसिर, काठमाडौं । मंसिर १६ गते १ बजे बस्नेगरी नेकपा सचिवालय बैठक सकिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार मंसिर १६ गते दिउँसाे १ बजे अर्काे बैठक बस्ने निर्णय गर्दै शनिबारको बैठक सकिएकाे छ । 

बैठकमा प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएका विषयकाे लिखित रुपमा जवाफ पेश गर्नुभऐकाे छ ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ” प्रधानमन्त्री पेश गरेको प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गते बस्ने गरी आजको सचिवालय बैठक सकिएको छ ।”

मंसिर १६ सम्म प्रधानमन्त्रीले दिएकाे जवाफ सचिवालय सदस्यले अध्ययन गरेपछि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार १५:१२