८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सहास उर्जा कम्पनीले आइपिओ निष्कासन गर्ने


१२ मंसिर,  काठमाडौँ ।  साहस उर्जा कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्न भएकाे छ । कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । यस कम्पनीले  आइपिओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।


उक्त सम्झौतापत्रमा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमिटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्नेछ ।  यो कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीले सोलु खोला (दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०९:३३