८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि आइपिओ निष्काशन गर्ने


१० मंसिर, काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानियलाई जारी गरेको आईपीओ निष्काशन गर्ने लागेकाे छ । पहिलाे चरणमा २५ अर्थात् ३ लाख ६ हजार ८१९ कित्ता प्रति शेयर रु १०० रुपैयाका दरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिने छ ।

आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० का नागरिकले मात्र आवेदन दिन सक्नेछन् । याे आईपीओ निष्काशन बन्द छिटोमा षौष १ गते र ढिलोमा षौष १६ गते हुनेछ ।


दोश्रो चरणमा १०५ अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८,४०,९१० कित्ता शेयर रु १८ करोड ४० लाख बराबरको आईपिओ निष्काशन गर्नेछ। इच्छुक आवेदकले १० कित्ता देखि अधिकतम ३०६० कित्ता सम्म आवेदन दिन सक्नेछन् । यसले विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ०८:११