७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल लाईफले सेयरधनीलाई ७०.५३ प्रतिशत बोनस दिने


१४ फागुन, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलार्ई ७०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।

कम्पनीको २०७४÷११÷१३ बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १३:३०