१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तातोपानी नाका कार्गोका लागि आगामी वर्षदेखि खुल्ने


३१ जेठ, काठमाडौं । नेपाल र चीनको बीचको तातोपानी नाका कार्गोका लागि अर्को वर्षदेखि खुल्ने भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले आगामी वर्षको मे महिनाबाट कार्गोका लागि तातोपानी नाका खुल्ने जानकारी दिए ।

उनले नाका खुलाउनका लागि पर्याप्त छलफल भएको पनि बताए । मन्त्री ज्ञवालीले नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले खुलाउने बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार १५:२२