१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बाबुराम भट्टराई र गगन थापा भारतीय खेताला हुनः प्रमुख सचेतक पाण्डे


७ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापा भारतीय एजेण्डामा चल्ने गरेको बताउनुभएको छ । दैनिकीसँगको कुराकानीमा मुख्यसचेत पाण्डेले नेकपाभित्रको विवादमा अनावश्यक रूपमा चासो प्रकट गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भन्दै भट्टराई र थापाले विदेशीको एजेण्डाको वकालत गरेर भारतीय खेताला बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘उहाँ बाबुराम र गगनजीहरू विगतदेखि नै भारको खेतालाको रूपमा काम गर्नुहुन्छ । नेपालमा अस्थिरता निम्त्याउनका लागि अहिले पनि सरकार र नेकपाविरूद्ध अनावश्यक चासो प्रकट गर्ने र जनमत भड्काउने अभियानमा लागिरहनु भएको छ । उहाँहरूलाई प्रचण्डको एजेण्डाको माया लाग्छभने नेकपा प्रवेश गरेरै सहयोग गरेहुन्छ ।’

प्रमुख सचेतक पाण्डेले विदेशीको एजेण्डा बोकेर प्रतिक्रियावादी गतिबिधि सञ्चालन गरी राष्ट्रवाली शक्तिलाइ कमजोर बनाउने कोशिश भने स्वीकार्न नसकिने बताउनुभयो । उहाँले यदि कमदाचित नेकपा विभाजनकै बाटोमा गएछ भने पनि  ९९ प्रतिशत नेता कार्यकर्ता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिने जानकारी दिनुभयो । उहाँले कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपको पत्रले मुख छोपेर भाग्नुपर्ने बताउनुभयो ।

(नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पाण्डेसँगको कुराकानी दैनिकीको युटुब च्यानलमा सुन्न र हेर्न सक्नुहुनेछ।) 

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १९:५२