१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि, २३२३ जना संक्रमणमुक्त


६ मंसिर, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ । काेराेना संक्रमणबाट थप ७ जनाको  मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार १६:४६