१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बीओके क्यापिटलले लाभांश वितरण गर्ने


५ मंसिर, काठमाडाैँ । बीओके क्यापिटल लिमिटेड लाभांश वितरण गर्ने भएकाे छ । क्यापिटलको पाँचौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजी रु. २१,००,००,०००.०० को ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४,५०,००० नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।


साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १७:३७