७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मेरो जितलाई रोक्ने प्रतिस्पर्धी छैननः अजय राई, उपाध्यक्षका प्रत्याशी ट्रेड युनियन कांग्रेस


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन कागे्रसको छैटौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चुन्दैछ । पुश्कर आचार्य समुहबाट खुला उपाध्यक्ष पदमा प्रत्याशी रहनु भएका जुझारु युवा श्रमिक नेता अजय कुमार राईसंग ट्रेड युनियन कागे्रसको छैठौ राष्ट्रिय महाधिवेशनका सन्र्दभमा गरिएको कुराकानी का अंशहरु ।

यो तपाई हरुको महाधिवेशन के नारामा सम्पन्न हुन गईरहेको छ ?
– दिगो विकासका लागि मर्यादित रोजगारी — सुदृढ लोकतन्त्र र आर्थिक सम्वृद्धी हाम्रा् जिम्मेवारी भन्ने मुल नारा सहित छैठौ राष्ट्रिय महाधिवेशन काठमाण्डौमा यही जेष्ठ २९ देखि ३१ सम्म सम्पन्न गर्न गईरहेका छौ । यो हामी प्रजातन्त्रवादी श्रमिकहरु को चाड उत्सव पनि हो ।

तपाई को उम्मेदवारी केमा हो र किन हो ?
– म पुश्कर आचार्य समुहबाट खुलाको उपाध्यक्ष तर्फ मा मेरो उम्मेदवारी हो , मैले लामो समय सम्म यातायात मजदुर संघमा रहेर यातायात श्रमिकका पक्षमा काम गरे र यस पटक ट्रेड युनियन कागे्रसमा बसेर सबै प्रकृतीका श्रमिक कर्मचारी साथीहरुका हक अधिकारका पक्षमा काम गर्नका लागि र मैले लामो समय सम्म संघमा काम गरेको अनुभव लाई व्यवहार मा उर्तान पनि हो मेरो उम्मेदवारी ।

तपाई लाई किन प्रतिनिधी हरु ले सहयोग गर्ने ?
–म संगठक हो जस्तो पनि लाग्छ , मेरा टिमका सबै साथी भाई हरुको सहयोगले यातायात मजदुर संघलाई संस्थागत रुपमा स्थापीत गरेको छु । म आफु लामो समय देखि श्रमिक आन्दोलनमा समर्पित छु , यो श्रमिक आन्दोलन राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा बुझेको छु , विदेशी श्रमिक आन्दोलनका नेता तथा विदेशी ट्रेड युनियनहरु संगको सम्बन्ध राम्रो संग स्थापीत गरेको छु त्यो सम्बन्धलाई ट्रेड युनियन कागे्रस आबद्ध सदस्यहरु लाई सहयोग का रुपमा उर्तान सक्छु । उर्जावान ढंग ले नया सोच र प्रविधीका साथ काम गर्ने लक्ष्य राखेको छु । मैले बुझेको ट्रेड युनियन भनेको रयाडिकल हुनु पर्दछ तर त्यो अहिले भुत्ते भएको छ त्यसलाई धारीलो बनाउन पनि हामी जस्तो उर्जावान व्यत्ति हरु आउनु पर्दछ भन्ने लाग्दछ । र म जहिले पनि वर्गिय आन्दोलनका अभियन्ता भएको ले पनि सबै साथी हरु ले सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा राख्दछु ।

नेपाली ट्रेड युनियन आन्दोलनको के के चुनौती छन अहिले ?
–वर्तमान कम्युनिष्ट सरकारले बहुमत को दम्भमा मजदुर संगठन हरुलाई निस्तेज पार्न खोेजेको अनुभुति भई रहेको छ , मन्त्री हरु ले ट्रेड युनियनहरु माथी प्रतिबन्ध लगाउनु पर्छ भन्ने सवालका कुराहरु सार्वजनीक रुपमा बोल्दै हिडेकोले प्रथम चुनौती त्यही नै देख्दैछु म । लामो समय देखि कार्यरत शिक्षकहरुको स्थायी सरकारले नगरेको अवस्था छ , कारखाना श्रमिक का विपक्षमा औद्दोगिक व्यवसाय ऐन ल्याईएको छ त्यो चुनौति छ । नया श्रम ऐन र सामाजीक सुरक्षा ऐन आएको छ त्यो नियमावली बनाईकन लागु गराउनु पर्ने अवस्था छ । अन्र्तराष्ट्रिय रुपमै रोजगारी हरु औपचारीक क्षेत्रबाट अनौपचारीक हुदै छ त्यो सबलाई सम्बोधन गर्नु पर्ने चुनौती समेत रहेको छ , हाम्रो् समुह ले विजय हासील गरेमा ती सबै मुद्धाहरुमा प्रतिबद्ध भएर समाधान का लागी लाग्ने प्रण समेत गर्दछु ।

त्यस संस्थाको वैदेशीक सम्बन्ध बारे कसरी अगाडि बढाउने सोच्नु भएको छ ?
–ट्रेड युनियन कागे्रस भनेको अन्य भातृ सस्था जस्तो हैन यसको आफनै छुटट्रै प्रकारको विशेषता छ र वैदेशीक सम्बन्ध रहेको छ । अहिले पहिले भन्दा वैदेशीक सम्बन्ध अली कमजोर जस्तो देखिन्छ त्यसर्थ त्यसलाई बलियो बनाउन म लागि पर्नेछु । म लामो समय सम्म ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको सदस्य भएको र भारतीय ट्रेड युनियन महासंघका नेता हरु संग पनि मेरो व्यत्तिगत सम्बन्ध राम्रो रहेको ले आपसी भाइचारा कायम गर्दै सालमा १ , २ वोटा अध्ययन भ्रमण को व्यवस्था गर्नेछु । र म इमान्दारी का साथ भन्छु मलाई ट्रेड युनियन कागे्रसको पदाधिकारी भएर विदेश जान रहर चाही छैन । म २४ वर्षको उमेरमा अविवाहीत हुदै गरेको समयमा संगठनबाट १ हफते ट्रेड युनियनको तालीममा जर्मन गएको हु यदी त्यस्तै थियो पैसा कमाउने रहर थियो भने म पलायन पनि हुन्थे होला , त्यस पछि पनि पटक पटक वैदेशीक तालीम , बैठकका लागि विश्वमान चित्रका विकसीत देश हरु गएको छु तर मैले मेरो जिवन नै यो श्रमिक आन्दोलनमा लगाउनु पर्छ भनिकन आन्दोलन लाई छाडेर पलायन भएको व्यत्ति पनि हैन ।

तपाई महासंघ को पदाधिकारी का लागि जुनियर हुनु भो भन्ने कुरा रहेछ नी ?
–म पहिलो पटक तपाई बाट यो कुरा सुन्दैछु , कसैले संघमा काम गरयो होला कसैले महासंघमा काम गरयो होला । संघमा ३ , ३ अवधी करीब १५ वर्ष राष्ट्रिय अध्यक्ष चलाउदा र अन्र्तराष्ट्रिय संगठन को समितीमा बसेर काम गर्दा पनि जुनियर होईन्छ भन्ने मेरो भन्नु केही छैन । १५ वर्षदेखि निरन्तर ट्रेड युनियन कागे्रसको राष्ट्रिय समिती भित्र सदस्यका रुपमा क्रियाशील छु । माओवादी द्धन्द्ध कालमा समेत देशभर संगठन गर्दै हिडेको छु । अब जुनियर सिनियरको मापदण्ड के हो मलाइ बुझन कठीन भो । त्यो पोजिसनका लागि त्यो व्यत्ति काविल छ छैन भन्ने पनि हेर्नु पर्छ जस्तो लाग्छ । मेरो क्षमता लाई देखेर केही साथी अत्तालिनु भएको चाही होला कुरा त्यत्ति मात्र हो ।

तपाईको जितको आधार के हो नि ?
–मैले लामो समय देखि देशभर संगठन गर्र्दै हिडेको व्यत्ति हु सबै साथी भाई लाई चिन्छु । आज भन्दा टे्ड युनियन कागे्रसले एमाले निकट मजदुर संगठन संग संयुत्त रुपमा करिब १ महिने प्रशिक्षक बनाउने तालीमबाट बनाएको ट्रेड युनियन विषयको प्रशिक्षक पनि हु र त्यसको माध्यम बाट मैले धेरै साथी हरु लाई तालीम दिलाउने अवसर प्राप्त गरेको छु , तिनै प्रशिक्षार्थी कोही आबद्ध संघको अध्यक्ष , महासचिव , जिल्ला ट्रेडको अध्यक्ष हरु हुनु भएको ले ति सबै साथी हरु बाट सहयोग पाउदैछु त्यो मेरो जितको आधार पनि हो । म निरन्तर आन्दोलन मा छु कहि कतै विचलीत भएको छैन र म कहि कतै ट्रेड युनियनको नाममा पलायन भएको पनि छुईन । मैले यातायात मजदुर संघ छाडदै गर्दा यातायात मजदुर संघको कार्यालय लाई व्यवस्थीत बनाएर छाडेको छु । चैत्रमा भएको संघको अधिवेशनमा सबै कार्य समिती निर्विरोध चयन गराउन सफल भए त्यो नेतृत्व गर्ने क्षमता भएर नै होला त्यसर्थ यी सबै कारण हरु मेरा जितका आधार हुन र म ढुक्क छु ।

अन्त्यमा केही भन्नु छ की तपाईलाई ?
–यो आन्दोलनमा केही विकृती विसंगति हरु रहेको छन त्यसलाई सही दिशामा ल्याउन र परिमार्जन गर्न पनि पुश्कर आचार्य को समुह लाई जिताउन हुन सबै साथीहरुमा म हार्दिकता का साथ अपिल गर्दछु ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १८:१४