७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रिडी हाइड्रोपावरले शेयरधनीहरुलाई बोनस शेयर दिने


५ मंसिर, काठमाडाैँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा संञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगल लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश यही मंसिर २६ गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १२:४७