१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने


५ मंसिर, काठमाडौँ । कोरोना संक्रमणको महामारीले स्थगित कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने भएको छ । स्वास्थ्य सुरक्षा अपनाइ दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षा सञ्चालन हुन लागेका ५० जिल्लाका परीक्षा केन्द्रमा  प्रश्नपत्र पनि पठाइसकेको पौडेलले बताए । नजिकका परीक्षा केन्द्रमा भने परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदैछ । कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा ५ सयभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने  छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ०८:०६