१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चालकसहित दुई कर्मचारीलाई कोरोना देखिएपछि सलमान खान आइसोलेसनमा


४ मंसिर, मुम्बई । बलिउड सुपरस्टार सलमान खानका चालकसहित २ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरुलाई कोरोना संक्रमण  देखिएपछि उनी परिवारसहित १४ दिनका लागि ‘सेल्फ आइसोलेशन’मा बसेका हुन् ।

 

 कोरोना संक्रमण भएका कर्मचारीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ ।  सलमानले अहिले बिग बोस होस्ट गरिरहेका छन् । यस्तोमा आगामी एपिसोडका लागि उनी उपलब्ध हुन्छन् वा हुँदैनन् भन्ने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १७:३५