७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

झण्डै ३ अर्ब ठगीका अारोपी भिएलएनका राम श्रेष्ठलाई अदालतले छाड्यो, प्रहरीले फेरि पक्रियो


३० जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको अभियोगमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठ अदालले धरौटीमा छाड्न आदेश दिएको केही बेरमै पक्राउ परेका छन । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो तर, प्रहरीले लगत्तै पक्राउ गरेको थियो ।

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले धरौटीमा छाड्न आदेश दिएको थियो । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय, ललितपुरमा अर्को उजुरी अनुसन्धानको क्रममा भएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले गत ७ जेठमा श्रेष्ठकोे कार्यालयमा छापा मारेर पक्राउ गरेको थियो । अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १९:४२