१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आईपीओ निष्काशन पश्चात सानिमा जनरल इन्स्योरेन्सको नाफा ११० प्रतिशतले वृद्धि


४ मंसिर, काठमाडौँ  । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ निष्कासन पश्चात राम्रै नाफा कमाएकाे छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै कम्पनीकाे अधिकांश सूचकमा राम्राे प्रगति देखिएकाे छ ।

त्रैमासमा १ करोड ५६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०९.९९ प्रतिशत अर्थात ८२ लाख ४ हजार रुपैयाँ बढी हो । गत वर्षको यही अवधीमा कम्पनीले ७४ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएकाे थियाे ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १३ लाख ९ हजार रुपैयाँ बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो मसान्तमा कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोषमा ५ करोड ६४ लाख र बीमा कोषमा ६ करोड ३९ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १३:३३