७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ओलीको नयाँ मिर्गौलाले काम गर्न थालेपछी होस उडेकाहरू…


-किरण देउजा

कुरा अहिले पहिलेको हो। उहिले (अलि पहिले) एउटा गाउँ रहेछ। उक्त गाउँमा एउटा घर रहेछ सो घरमा आमा र छोरी मात्र बस्ने रहेछन्। घरको मुलीको पहिले नै मृत्यु भएको रहेछ। छोरी लक्का जवान अनि आमा बुढी रहेछन् । दिनहरु क्रमशः वितिरहेका थिए । खेतीपातीको मौसम/समय/बेला सुरु भयो । अरु गाउँलेहरु खेतीपातीको काम सुरु गरे, केहिले सक्न आटेछन् । उक्त घरका अहिलेसम्म काम सुरु नगरेपछी छिमेकीले उनीहरू सोधेछन् । यसपालि खेतीपाती नगर्ने ? छोरीले जवाफ दिइछन् :- “आमा बुढी छन्, डाँडा माथिको जुन/घाम भैसकिन्, कतिबेला अस्ताउछिन् पत्तो छैन्, म तरुनी छु, कसै न कसैले लगिहाल्छ। किन दु:ख गरेर खेतीपाती गर्नु”? यस्तो जवाफ सुनेपछि गाउँलेहरु (छिमेकीहरु) मौन हुँदै आ-आफ्नो घर तर्फ लागे।

लगभग २/३ महिना पछि अन्न उब्जियो नयाँ बाली भित्र्याएर खादै बसे । तर उक्त घरमा न त नयाँ बाली भित्रियो न त खाने अन्नको जोहो नै । यो कथा अहिले नेकपा सँग ठ्याक्कै मेल खान्छ। नेकपाको सरकार गठन भयो । रोगले ग्रसित भएका ओली प्रम भए । नेकपा कै केही सिनियर नेताहरु पार्टीको काम, एकताको कार्यभार पूरा गर्न भन्दा पनि फलानो रोगी छ, त्यो रोगी मरेसी मिलाएर अध्यक्ष र प्रम बाडेर खाने भनेर हरेक दिन जसो सल्लाह गर्दै बसे ।

केही त्यस्ता कठिन दिनहरु नआएका समेत होईनन् । जब २०७६ को उत्तारार्ध तिर उनीहरू एकदमै खुशी थिए, अब त्यो दिन आउने भयो भनेर। तर केही दिनमै आशा निराशामा परिणत भयो। जब बूढो शरीरले रोगलाई सहजै परास्त गर्यो, उनीहरूको सोच विपरित भयो तब उनीहरूको होस-ह्वास उड्यो ।

विभिन्न “टार” र “घाट” हरुमा भेला गर्दै अहिले अरुले खेती गरेर भन्डारण गरेको अन्न बाली खोस्ने अभियानमा छन् । तर त्यति सहज छैन्, लुटेर खानको लागि । अरुको लुटेर खाने लुटेहरुलाई जनताहरुले पाता कस्ने निश्चित नै छ। त्यो त २०५६ मा सानदार “शून्य सिट” देखिएकै हो। अन्त्यमा एक शब्दमा “केपी ओलीको नयाँ मृगौलाले काम गर्न थालेपछि पार्टी भित्रैका केही नेताहरूमा छट्पटी सुरु भएको हो। र, अख्तियारले डाम्ला” भन्ने डरले नै ओली विरुद्ध घेराबन्दी सुरु गरेका हुन् ।

अहिलेको नेकपाको विवाद बिधि र पद्धतीका लागि हुँदै होइन । यहाँ त विदेशीको एजेण्डा बोकेकाहरू बुरूकबुरूक उफ्रिरहेका छन । उनीहरूको उफ्राइ एउटा अोली सरकार ढाल्न मात्र हैन यो व्यवस्थानै ध्वस्त पार्नका लागि हो कि जस्तो भान हुन्छ । राज्यको स्रोत र साधन सरकारकै विरूद्धमा प्रयोग भैरहेको छ । सरकारमै रहेका कतिपय मन्त्रीहरू मन्त्रिपरिषद्का सूचना भारतीय दूताहरूलाइ बेच्नेदेखि सरकारविरूद्ध मोर्चाबन्दी गर्ने काममा कसिएका छन । यो विलकुल गलत हो ।

एउटा कुरा, कम्तिमा बिधि र पद्धतिको कुरा गर्ने अवस्थामा प्रचण्डहरूलाइ ल्याउनु ओलीको महत्वपूर्ण उपलब्धि हो । उहाँहरूको बिधि र पद्धिति कस्तो थियो भन्ने कुरात आम नागरिकले छर्लङ्गै देखेकै हुन । विगतमा तत्कालीन माओवादीमा हुँदा यनी प्रचण्डहरूले नेत्रविक्रम चन्द, मोहन वैद्य, बाबुराम भट्टराइहरूको कत्लेआम गर्ने के सम्म गरेनन् रु आजिवन अध्यक्ष बन्नका लागि प्रचण्डको गरेको गतिबिधि हजार जिब्रा भएका शेषनागले गर्न कठिन हुन्छ म बबुरोले त के गर्न सकुलाँ र ? जे होस आजका दिनमा डब्बल नेकपमा ओलीका अघि प्रचण्डले बिधि र पद्धतिको कुरा गर्दा त्यसले नेपाली समाज साँच्चै सुधारको बाटोमा गइरहेको भान मैले गरेको छु ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार १४:५२