१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेकपा विवाद, आजको समस्या र अबको बाटो


-माधव ढुंगेल

१. मार्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्तमा सहमत भएर प्रकारान्तरले नाम जे राखे पनि जनताको वहुदलीय जनवादका आधारभूत मान्यतालाई स्वीकार गरेर यो पार्टी एकता भएको हो ।

२. विगतमा नेकपा एमालेले विकास गरेको सांगठनिक पद्धति, लोकतान्त्रिक संस्कृति र व्यवस्थापनको वलमा लिएको उचाई र लोकपृयता अनि माओवादीले विकास गरेको परिवर्तनमुखी धारको फ्युजन गराई कम्युनिस्ट आन्दोलनलाई एकतावद्द र संगठीत गरि ५ वर्षे स्थायी सरकार मार्फत “सुखी नेपाली र सममृद्द नेपाल” वनाउने स्वर्णिम सपना पूरा गर्न यो पार्टी एकता गरिएको हो ।

३. सरकार र पार्टी सँगसँगै योजना वद्द अगाडि वढ्न सक्दा मात्र सरकार र पार्टीको लोकपृयता वढ्छ र पार्टी जनताका सामु लोकपृय हुन पुग्दछ । यसको ज्वलन्त उदाहरण २०५१ सालको मनमोहन नेतृत्वको सरकारलाई लिन सकिन्छ ।

४. यो सरकारले गरेका दर्जनाैं लोकपृय र राम्रा काम जनताको वीचमा सम्प्रेसीत हुन सकेका छैनन् । गरेका लोकपृय निर्णयहरु कार्यान्वयनमा जाँदा स्तरहिन समेत भैरहेका छन् । जसलाई सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर जनतामा अनुभूति दिन सक्नु पर्दछ जुन काम भईरहेको छैन । उदाहरणका लागि पवित्र उद्देश्यका साथ रातो कार्ड धारी लक्षित जनतालाई अनिवार्य रुपमा न्युनतम रोजगारको व्यवस्था गर्ने सरकारले अगाडि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम तल्लो स्तरमा पुग्दा स्तरहिन वनिरहेको छ।

५. राष्ट्रियता र स्वाभिमानको सवालमा यो सरकारले गरेका साहसी कदमको महत्व र प्रभावलाई पार्टी जीवनमा संगठीत र योजनावद्द रुपमा पुँजीकृत गर्न सिंगो पार्टी चुकिरहेको छ ।

६. भुकम्पको वेला पचासाैं हजार पार्टी कार्यकर्ता परिचालन गरेर २८००० अस्थायी घर र स्कुल निर्माण गरेको र जनताको दुखमा मलम लगाउन पुगेको कारण स्थानिय सरकारमा जनताले एमालेलेलाई साँच्चै विस्वास गरेर अभिमत दिएका थिए । यो लोकपृयता र पार्टी एकताको आधारभूमीमा झण्डै दुई तिहाई वहुमतको सरकार निर्माण भएको हो । सँगसँगै यो वहुमत अाउनुमा केपी ओली नेतृत्वको विस्वास पनि हो । आज कोरोनाको यति भयावह कहरमा सरकारसँगसँगै पार्टी पंक्ति परिचालन गर्न सकेको भए सायद सरकार र पार्टी प्रतिको लोकपृयता र विस्वास वढ्न सक्दथ्यो तर पार्टी त्यो दिशामा जान सकेको छैन ।

७. पार्टी भित्र सृजित समस्याका कारण प्राविधिक वहुमत जुटाउँने नाममा सरकारले प्रभावकारी ढंगले काम गर्न सकिरहेको छैन र गरेका राम्रा काम र निर्णयको प्रभाव छर्न पनि सकिएको छैन । वरु गरेका उचित निर्णयको तोडमोड भएर तल सम्प्रेषण हुने परिस्थिति वनिरहेको छ ।

आजको समस्या:

१. ६ महिनामा सरकार परिवर्तन गर्ने संस्कृतिवाट हुर्किएको नेपाली राजनीतिले ५ वर्षको स्थायी सरकार पर्खन सक्ने धैर्यताको अभावमा जन्मिएको समस्या हो ।

२. उच्च तहको नेतृत्वमा आत्मसुरक्षाको चिन्तनवाट सृजित समस्या हो।

३. विचारको गति एकैतिर तर कार्यशैली, जिम्मेवारी वाँडफाड र अवसर प्राप्तिको विन्यासमा असन्तुष्टिको व्यस्थापन हुन नसकेर जन्मिएको समस्या हो।

४. पार्टी र सरकार सन्चालन गर्ने मोडालिटीमा निखरता नआउँदा सवैको ध्यान सरकार र यसले सृजना गर्ने अवसरमा केन्द्रीकृत हुँदा सृजित भएको समस्या हो।

अबको बाटो:

१. शदियाैंको संधर्षको ईतिहासवाट नेकपा एमाले पार्टीले विकास गरेको संगठन निर्माणको संस्कृति, मुल्य मान्यताको रक्षा गर्न सिंगो पार्टी नेतृत्व तयार हुनु पर्दछ । जसलाई पुर्व माओवादी पंक्तिले पनि स्वीकार गरेको छ ।

२. कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको सिद्धान्तलाई पछ्याउने गरि भएको पार्टी एकताको भाव र मर्मलाई जोगाउन यसका स्वप्नद्रष्टाहरुको विशेष पहलकदमी र एकता अनिवार्य छ ।

३. ३२ वर्ष अध्यक्ष र दुई पटक प्रधानमन्त्री भईसक्नु भएको कमरेड प्रचण्डलाई आफ्नै सहयोद्दा कमरेड किरण, वावुराम, सिपी र विप्लवहरुले के भनिरहनु भएको थियो र छ ? पूर्व माओवादीको नेतृत्व गरिरहदा कति विवेकी नजर कार्यकर्तामा लगाउनु भयो तपाईको मूल्यांकन पनि भईरहेकै छ । तर जे होस कमरेड प्रचण्ड यो पार्टी एकता पछि विवेकी वन्ने हुनु भएर होला विधि र पद्धति खोजी रहनु भएको छ । यसवाट हामी हर्षित छाैं ।

४. कमजोरी विहिन मान्छे हुन् प्रधानमन्त्री केपी ओली भन्न खोजेको होईन तर सामान्य कार्यशैलीगत कमजोरीको कुरा गरीरहदा उनको नेतृत्वमा सरकार र पार्टीले गरेका जनमुखी काम र निर्णयलाई छायाँमा पार्नु स्वयम व्यक्तिमाथि अन्याय हुन्छ । केपी ओली एउटा साहसी अडान भएको, राष्ट्रियता र स्वाभिमानको निष्ठा सहित अन्तर्राष्ट्रिय दुनियाँमा नेपाल चिनाउने नेतृत्व हो ।

५. अब सरकार र पार्टी सन्चालन र परिचालनको गति तिव्र वनाउन सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी सर्मा ओलीले अब एउटा वोल्ड निर्णय र पहलकदमी लिनुपर्छ । सधैँभरी यो हैरानी र डिस्टरवेन्सवाट अगाडि वढ्न सकिँदैन । कमरेड माधव नेपालसँग निर्णायक सम्वाद गरि विचारको रक्षा, पार्टी र सरकार सन्चालनमा गति ल्याउनु पर्छ । समयमा महाधिवेशन गर्नु पर्छ । पूर्व माओवादी पृष्ठभूमिका लोकपृय र असल कमरेडहरुलाई राम्रो स्पेस दिएर अगाडि वढाउनु पर्छ ।
पार्टीको जय होस !

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार ११:४०