१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बाजेको सेकुवामा सुन तस्करीको लगानी रहेको खुलासा, १० मध्ये ६ वटा शाखामा शिलबन्दी


३० जेठ, काठमाडौँ । सुन तस्करीबाट आम्दानी गरेको रकम बाजेको सेकुवामा लगानी रहेको तथ्य पत्ता लागेपछि छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ । सुनतस्करीको पैसा रेष्टुरेन्टमा लगानी गरेको तथ्य भेटिएपछि शिलबन्दी गरिएको हो ।

समितिका संयोजक इश्वरराज पौडेलका अनुसार अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको हो । उपत्यकामा बाजेको सेकुवाका १० वटा आउटलेट रहेकोमा अहिले ६ वटामात्र शिलबन्दी गरिएको छ । उनका अनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो ।

भण्डरीको बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ । भण्डारी भने फरार रहेका छन । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत अनुसन्धान सुरु भएको छ .

यो पनि पढ्नुहोस्

–३८ क्वीन्टल सुन तस्करी प्रकरणः आरके ज्वेलर्सबाट बरामद २० करोडको सुन राष्ट्र बैंकलार्इ बुझाइयो

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १५:१४