११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

विद्यालयमा दरबन्दी माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र


–अजितकुमार झा इनरुवा

३० जेठ, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गाउँमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकहरूले दरबन्दीको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएका शिक्षक फनिलाल सदाले बताउनुभयो ।

गाउँपालिकाका विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकको जिल्लामा दरबन्दी मिलानका क्रममा एक÷एक दरबन्दी दिने निर्णय तत्कालीन जिल्ला शिक्षा कार्यालयले गरे पनि आफूहरुका विद्यालयमा दरबन्दी शून्य रहेकाले दरबन्दी उपलब्ध गराउनुपर्ने सहित १० सुत्रीय माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको शिक्षक अरुणकुमार मण्डलले जानकारी दिनुभयो ।

ध्यानाकर्षणपत्रमा शिक्षक दरबन्दीको अभावमा अध्यापनमा अवरोध भइरहेकाले यथाशीघ्र विद्यार्थीको आधारमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्ने, प्रधानअध्यापक तथा शिक्षकको छुट्टै नियुक्ति गर्नपर्नेजस्ता माग अघि सारेको शिक्षक जितन साहले बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १३:३७