१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन, केहीबेरमा पशुपतिमा अन्त्यष्टि गरिदैँ


३० जेठ, काठमाडौँ । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । बुधबार बिहान दुई बजेतिर आफ्नै निवासमा ९२ वर्षको उमेरमा ठापाको निधन भएको कालाकार दीपकराज गिरीले जानकारी दिए ।

थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको छ । थापाको १० बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन तयारी गरिएको छ । थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् ।

वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए । थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०९:४३