१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गायक गुणराज श्रेष्ठ र अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ सार्वजनिक


२७ कात्तिक, काठमाडाैँ । गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘दोबाटोमा चौतारी’ बोलको गीत सार्वजनिक गरिएको छ । सुष्मा देवकोटाको शब्द तथा सुवास भुसालको संगीत रहेको सो गीतमा उदयराज पौडेलको संयोजन र अशोक महर्जनको मिक्सिङ रहेकाे छ ।

गीतको भिडियोमा सुधीर श्रेष्ठ,श्रृस्टि खड्काका साथै गुणराज श्रेष्ठले पनि अभिनय गरेका छन् । निशा कश्यपले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन रहेकाे छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १४:४०