१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोडको आईपिओ ल्याउने प्रस्ताव पारित


२६ कात्तिक, काठमाडाैँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीको तेश्रो वार्षिक साधारणसभा २०७७ कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौँमा सम्पन्न भएकाे हाे । हालको परिस्थितिलाई मध्यनजर गर्दै सभामा शेयरधनीहरुलाई जुमबाट पनि सहभागी हुने व्यावस्था मिलाईएको थियो । सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७५-७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल  रु १ अर्ब, १ करोड ७५ लाख ८८ हजार ४९ रुपैया  बीमा शुल्क संकलन गर्दै रु ६९ करोड २४ लाख ६५ हजार ८ सय त्रिसठ्ठी रुपैयाको जीवन बीमाकोष समेत खडा गरेको जनाइएकाे छ ।

सम्भावित जोखिमको मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले रु १८ कराेड ७२ लाख ३२ हजार ६१ रूपैया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यस्तै साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेकाे छ ।

कम्पनीले गरेको लगानीको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार ०६१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिँदै उल्लेखित विवरणहरु पारित गरेको छ ।

साधारणसभामा कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले हालसम्म कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा स्थापना गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए । साथै उनले आब ०७५/०७६ मा कुल रु १० करोड ७८ लाख ७४ हजार ७२६ रुपैयाँ वतरणयोग्य मुनाफा आर्जन गरि कम्पनीको प्रतिशेयर मुल्य रु १२०.७९ पुर्याई आघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मुल्यमा समेत ११.१७ प्रतिशतले वृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनस दरमा समेत उल्लेख्य वृिद्घ गर्न सफल भएको जानकारी गराएको कम्पनीले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १७:०६