८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपालमा भएकाे चायाँ हटाउने यस्ता छन् उपायहरू


कयौ पटक थुप्रै औषधि र स्याम्पुहरुको प्रयोग गर्दा पनि नजाने चाया सामान्य कुराहरुले निख्रने गर्दछ जसको लागि हामीलाई त्यस सम्वन्धि ज्ञान आवश्यक छ ।केशमा चायाँ पर्नु स्वाभाविक हो । शरीरबाट तेल र पसिना निस्कने हुँदा यो समस्या वृद्धि हुन्छ । कतिपय अवस्थामा स्केल्प ओयली तर केश सुख्खा र रुखो हुन्छ । स्केल्पको रोमछिद्र बन्द भएका कारण त्यस्तो भएको हो । यसले नेचुरल ओयलको समुचित बाँडफाँडमा बाधा पुर्‍याउँछ । चायाँ पर्नुको मुख्य कारण कपालको राम्रो देखभाल नगर्नु नै हो ।

अन्डाकाे माक्स

कपालको लागि फाइदाजनक हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । त्यसैले अन्डाको प्रयोग स्याम्पु बनाउनेहरूले पनि गर्ने गर्छन् । अन्डाको मास्क बनाउन अन्डाको सेतो भागलाई छुट्याएर राख्ने । त्यसमा दुई चम्चा ओलिभ आयल राखेर राम्रोसँग घोल्ने । जब उक्त मिश्रण गाढा पेस्टमा परिणत हुन्छ त्यसपछि औँलाको सहायताले कपालको जरामा लगाउने । करिब आधा घन्टासम्म कपालमा लगाई राख्ने र त्यसपछि कपाल धुने । अन्डाले कपाललाई सिल्की बनाउनुका साथै चाँयाबाट मुक्त राख्छ ।

केराको मास्क

केरा एक यस्तो फल हो जुन बाह्रै महिना सहजै पाइन्छ । केरामा विभिन्न प्रकारका औषधिजन्य गुण हुनाले कपाललाई पनि फाइदा पुर्याउँछ । केराको हेयर मास्क बनाउनका लागि एउटा पाकेको केरालाई राम्रोसँग पेस्ट बनाउने । त्यसपछि सो पेस्टमा एक चम्चा मह, एक चम्चा कागतीको रस र एक चम्चा बदामको तेल राखेर घोल्ने । तयार पेस्टलाई राम्रोसँग कपालको जरामा लगाउने र करिब एक घण्टापछि धुने । यो हेयर मास्कले चायाँ हटाउनुका साथै कपाल मुलायम र चम्किलो पनि बनाउँछ ।

दहीकाे लेप

एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ । कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्छ । दैनिक ताेरीकाे तेल मालिसले पनि चायाँ कम गर्न मदत गर्दछ । धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १२:०७