१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अनुहारको दाग हटाई गोरो बनाउने घरेलु उपायहरु


अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् ।

– निमको पातलाई पिसेर लेदो बनाएर अनुहारमा लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँनुका साथै यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

– काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्दा राम्राे हुन्छ ।

-पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँन मद्धत गर्दछ ।

– घिउकुमारीको रसले अनुहारमा मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ । यसमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुँदा यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ ।

– सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउइ यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

– काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।

– आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्दा डार्कसर्कल हटाउन मद्धत गर्छ  ।

– एक चम्चा महमा ४/५ थोपा कागतीको रस मिलाएर १५ मिनेट अनुहार राखी पखाल्दा चमक आउँछ ।

– अनुहारमा चाया आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

-दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाइ त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाइ सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउइ अनुहारमा लगाउइ करीब २० मिनेटपछि अनुहार पखाल्दा अनुहारमा चमक आउँछ।

– बदामलाई रातभरि भिजाइ  बिहान उठी यसको पेस्ट बनाई चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले दाग बिस्तारै हराउँदै जान्छन् ।

– पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।

– प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

– भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि धुने गर्दा दाग हराउँदै जान्छ ।

– ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हालेर यसलाई अनुहारमा लगाउदा यसले छालामा चमक ल्याउँछ ।

– तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।

– हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पुर्याउँछ ।

– गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।

-घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।

– खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १५:५५