६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

ओलीविरूद्ध प्रचण्डको अल्टिमेटम सकिदैँ, एकताको मर्म मान्छन कि मार्छन ?


२४ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोविरूद्धमा मोर्चाबन्दी गरिरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहले दिएको अल्टिमेटिम आज सकिदैछ । पार्टी एकताको सहमति विपरित नयाँ नयाँ समिकरण बनाएर गुटबन्दी गरिरहेका प्रचण्डले ओलीलाइ बैठक बोलाउन लिखित रूपमा माग गरेर दिएको अल्टिमेटमा आज सोमबार सकिदै छ ।

यो बीचमा नेकपाका नेताहरूले विभन्न चरणमा छलफल त गरेका छन तर विदेशी शक्तिले नेकपाका नेताहरू माथि निर्देशन जमाएर सिर्जना भएको विवादका कारण अब के हुन्छ भन्ने आँकल गर्न कसैले सकेका छैनन् । यद्यपी विगतमा जस्तै अध्यक्ष ओलीले यस पटकको षडयन्त्र पनि करिब असफल पार्ने संकेतहरू देखिएको छ ।

पूर्व एमालेका तीन नेता बोकेर ओलीको विरूद्धमा मोर्चाबन्दी गरेर सरकारलाइ समेत घेराबन्दीमा पारेर तीव्र गतिमा काम गर्नबाट रोक्न प्रचण्डले महत्वपूर्ण भूमिका खेलेका छन । सार्वजनिक रूपमा प्रचण्ड समूहले व्यक्त गरेको धारणा अनुसार ओलीले बैठक नबोलाए आफैँ बैठक बोलाएर अघि बढ्छन कि फेरि सहमतिको नाममा कुर्छन त्यो चाहिँ अबको केही घण्टामा स्पष्ट नै भैहाल्छ ।

हरेक दिन प्रचण्डको निवास खुमलटारमा बैठक गरिरहेका प्रचण्ड समूहका नेताहरूले अबको बाटो कसरी तयार गर्लान भन्ने विषय सोही समूहका दोस्रो तहका नेताले समेत राम्रोसँग बुझेका छैन्नन । सरकारविरूद्धमा अविश्वाको प्रस्ताव ल्याउने तयारी गरेर हस्ताक्षर अभियान चलाए पनि उनीहरूले बहुमत जुटाउन नसक्दा समस्यामा परेको स्रोतले जनाएको छ ।

प्रचण्ड समूहले बहुमतका लागि नेपाली कांग्रेसलाइ अनुरोध गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा दुइ चिरा नभइ कांग्रेसले कुनै निर्णय दिन नसक्ने जवाफ दिएको स्रोतले जनाएको छ । पछिल्लो समय दुइ अध्यक्षको तिक्ता बढेसँगै शीर्ष भनिएका नेताहरू देखाइदिने भन्दै हिडेँका छन ।

दुबै अध्यक्षले पार्टी विभाजनको डिलमा पुगेको भन्दै बचाउने अभियानमा लाग्न अनुरोध पनि गरेका छन । महासचिव विष्णु पौडेलले त सामाजिक सञ्जाल मार्फत नै पार्टी गम्भीर मोडमा पुगेको बताएका थिए । त्यस्तै लुम्बिनीका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सबै नेतालाइ कटुता बिर्सेर एकतको महाधिवेशनको तयारीमा जुट्न अनुरोध गरेका छन । नेकपाका धेरै नेताले पार्टी एकजुट बनाउने उपाय भनेको महाधिवेशन नै रहेको बताएका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १५:३७