१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वरिष्ठतम न्यायाधीश दीपकराज जोशी प्रधानन्याधीशमा सिफारिस


२९ जेठ, काठमाडौँ । संवैधानिक परिषदको बैठकले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले जोशीलार्इ प्रधानन्याधीशमा सिफारिस गरेको हो ।

बैठकपछि परिषद्को सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले तीन जनाको नाम मध्येबाट जोशीको नाम सिफारिस भएको जानकारी दिए । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलार्इ छापामार शैलीमा पदमुक्त गराएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १७:३६