१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

केपी ओलीको रिसले नेकपा फुटाएपनि माकुने र प्रचण्ड एकै पार्टीमा अडिन सक्छन ?


-किरण देउजा 

१. नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा  केपी शर्मा ओली अल्पमतमा छन् भनेर बाहिर मिडिया खपतको लागि कुरा गर्नु भन्दा, पार्टीको केन्द्रिय कमिटीको बैठक गरेर निर्णय गरेर उनलाई बहुमतको निर्णय मान्न बाध्य बारे हुँदैन ?

२. प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लाने, संसदीय दलको बैठक बोलाएर, संसदीय दलमा निर्वाचन गराएर उनलाई प्रधानमन्त्रीबाट हटाए हुँदैन ?

३. फलानो पदमा फलानो ब्यक्ति नियुक्ति भयो, त्यसमा मेरो हुनुपर्थ्यो, फलानोलाई जसरि पनि ठेक्का पार्दिन पर्‍यो आदि विषयमा गम्भीर विवाद र मतभेद छ । पार्टीको भावी नीति कार्यदिशा, सिद्धान्त आदि बारे बहस/छलफल/विवाद आदि कहिँकतै भएको सुनिन्न । कार्यकारी अध्यक्ष र वरिष्ठ नेताहरूको भूमिका यही हो ?

४. २०७५/२/३ मा पार्टी एकता भयो । २ महिनामा सक्ने भनेको काम (पार्टी एकताको बाँकी काम) आजको दिनसम्म (२०७७ कार्तिक) २९ महिना बित्दा समेत एकताले पूर्णता नपाउनु, १० औँ लाख भन्दा बढी कार्यकर्ताहरु पार्टीको काम बाहिर हुनु, संगठनको गतिविधिमा ठप्प हुँदा सबै नेता मौन किन ? पार्टी चलाउने जिम्मा लिएका नेताहरूले के हेरेर र कसलाइ किन पर्खेर बसिरहेका छन ?

५. एकताको नाममा सिमित ब्यक्तिहरुलाई कमिटीमा राखेर भगबन्डा बाहेक संगठनको गतिविधि त शून्य नै पारियो । त्योसँगै पार्टीको आधिकारिक मुखपत्र “नवयुग” जस्ता म्यागेजिनहरु अध्ययन गर्न बञ्चित पारियो । अपानी (अन्तर पार्टी निर्देश) कुन च्यानलवाट आउँछ, क-कसले पाउछ समेत कार्यकर्ताले थाहा पाउन छाडे । पार्टी चलाउने जिम्मा लिएकाहरूले यसको जिम्मेवारी लिनुपर्ने कि नपर्ने ?

६. अझ महत्त्वपूर्ण कुरा त यत्रो समय बित्दा साधारण सद्स्य अनि संगठित सदस्य समेत वितरण हुन सकेको छैन् l  यस्ता काम गर्न पार्टीले सरकारको निर्देशन कुर्नुपर्ने हो र ? कि अशल नियतले पार्टी काम गर्न पनि किन बहानबाजी गरिदैँछ ?

७. पार्टीको दुई अध्यक्ष मध्ये १ जना सरकारको काममा ब्यस्त, अर्को अध्यक्षले कार्यकारीको जिम्मेवारी प्राप्त गरेपछी, पार्टीको विभिन्न कामहरू गर्न कसले रोक्यो ? धुम्बाराहीमा बसेर पार्टी चलाउने कि कहिले कोटेश्वर, कहिले खुमलटार र कहिले सोल्टी होटलपछिको कसैको घरमा बसेर गुट चलाउने ? यसको जवाफ कसले दिन्छ ? पार्टी कार्यकर्ताले जान्न पाउने कि नपाउने ?

८. २०७७ असार १० मा सुरु भएर भाद्र २६ मा सम्पन्न भएको स्थायी कमिटी बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष नयाँ परिभाषा सहित तोकेपछि उनले जनताको पक्षमा व्यापक कार्यकर्ता परिचालन किन गरेनन् ? उनलाइ यस्तो काम गर्न केले रोकिरहेको छ ? कोरोना महामारीबाट पीडित जनताको राहत, उपचार, आत्मबल बलियो बनाउन अध्यक्षको हैसियतले सिन्को पनि नभाँच्नने, घरबेटीलाइ ठेक्का दिलाइदिनु भनेर सरकारले ठेक्का दिने घरबेटी शारदा अधिकारीले रसायनिक मल नल्याएर हाहाकार मच्चाउने । महामारीको यस्तो विषय परिस्थितिमा नेकपाका कार्यकर्ताले के गर्ने भनेर औपचारिक रूपमा आह्वानसम्म किन गरेनन् ? यस्तो काममा प्रचण्डलाइ कुन तत्वले रोकिराखेको छ ?

९. विभिन्न “टार”/”घाट” हरुमा गुटको भेला गर्दै, पार्टी नेतृत्वको बदख्वाई गर्ने, गुटको एजेन्डालाई बटमलाईन बनाउने, पार्टी एकता अनि संगठन निर्माणमा शून्य, विचारमा बहस नहुने, पद प्रतिको मोह चै के रहेछ ? बुझ्न सकिएन त ! अत: सरकार असफल हुनु केपी ओली मात्र असफल हुने होइन, सिङ्गै नेकपा अनि नेपालको कम्युनिस्ट आन्दोलन असफल हुने हो। ब्यक्ति मन (न)पर्न सक्छ, आन्दोलनको उचाइ अनि जनमतको अवमूल्यन गर्ने छुट कसैलाई छैन्। र अहिलेको सरकार असफल हुनुभनेको लोकतान्त्रिक गणतन्त्रत्र समेत अलफलताको बाटोमा जानु हो भनेर यी नेतालाइ फेरि ट्यूसन पढाउनु पर्ने हो ?

१०. अघिल्लो साता खुब चर्चामा आयो प्रमका सल्लाहकारहरुले प्रदिप नेपाल लाइ भेटेर एमालेको अध्यक्ष भैदिनु पर्यो भने रे l पत्रपत्रिका मा खुब यहि छाए l पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत यो सुनेर खुद आफैँ प्रदिप नेपाललाइ भेट्न पुगे l प्रदिप नेपाल ले यी सब भ्रम चिर्दै एक अन्तर्वार्तामा सब कुरा खोलिदिए l माधवकुमार नेपालको पनि सरकार संगको गुनासो त येस्तई नियुक्ति र ठेक्का पट्टा नमिलाई दिएकै रहेछन l त्यो पनि सबै नागरिकले थाहा पाउने अवसर पाए ।

किन अत्ताल्लियेका छन् माधवकुमार नेपाल (माकुने) र पुष्पकमल दाहाल प्रचण्ड ?

११. माकुने आफु प्रधानमन्त्री हुँदा भन्ने गर्थे कोहि कसैले भोलिको दिन सोच्दैन सबलाइ आज नै खाइहाँलु भन्ने बाहेक केहि छैन यहि भएर पद्दति कम्जोर बन्दै गैरहेका छन् l उनी आफैँ अहिले किन यस्ता झिना मसिना नियुक्ति सरुवा बढुवा र ठेक्का पट्टा मै रमाएका छन् ?

१२. अहिलेका लागि पार्टीको कार्यकारी अध्यक्ष भएपनि प्रचण्डले माकुने गुटलाइ खेलाएर फाइदा लिन खोजेका मात्र हुन् l यो त्यत्ति अस्वाभाविक हैन किन कि उनको राजनीतिक इतिहास विष्लेषण गर्दा कांग्रेस, राप्रपा र तात्कालिन एमालेका एक समूहको नजिक हुदै अर्को गुटका कार्यकर्ता माथि आक्रमण र हत्या गर्ने सम्मको राजनीति गर्दै आएका हुन् l उनी अहिले पनि त्यहाँ भन्दा माथि उठेको देखिदैन l

१३. झलनाथ खनालसंग न कार्यकर्ता छन् न उनी राजनीतिमा कुनै निर्णायक नै छन् l उनलाई एकथान पदको लालचा भन्दा दोश्रो केहि छैन l उनी पदका लागि के मात्र गर्छन भन्ने त प्रचण्ड उक्साहटमा लागेर आफ्नै पार्टीको सरकार गिराएर आफैँ प्रधानमन्त्री बनेका हुन् l अहिले उनलाई प्रचण्डले दिएको रास्ट्रपतिको ललिपपमा जहाँ जहाँ जे जे गर्न पनि तयार देखिएका मात्र हुन् l

१४. मानि लिनुस अहिले ओलीका रिसले २-४ नियुक्ति खाना खुवाउन र ठेक्का पट्टाकै लागि पार्टी बिभाजनसम्म गरे भने के माकुने र प्रचण्ड एकै पार्टीमा अडिन सक्छन ? सम्भावना शून्य छ l किन की प्रचण्ड आजीवन अध्यक्ष बनेर आएका हुन् र उनलाई बिधि पद्दति भन्दा पद प्यारो छ l नेपाल पनि रास्ट्रपति नखाएर कार्यकारी राजनीति गर्ने लालाषा बाँकी भएर नै अहिलेको कुण्ठित राजनीति गरेको प्रस्ट देख्न सकिन्छ l उनीहरुको मिलन भड्किएका आत्माहरुको क्षणिक मिलन बाहेक केही हैन l एकले अर्काको नेतृत्व स्वीकार गर्ने गुण र धैर्यता उनीहरु दुवै मा देखिदैन l

१५. यति हुँदा पनि एकले अर्कालाई देखाइदिने कुण्ठा कै बिचमा विभाजनको दुर्घटना नहोला भन्न सकिन्न किनकि पार्टी कमिटिका बैठक आफु अनुकुल हुदा मात्र राख्ने प्रवृत्ती देखिएको छ l सत्ताको सबै खाले स्वाद डकारिसकेकाहरु लाइ देशको चिन्ता हुने कुरा त देखिदैन नै तर कार्यकर्ता यिनका पछाडी सति जान्छन भन्ने भ्रमबाट भने बेलैमा बुकता हुन जरुरी छ l

१६. माकुने वा प्रचण्डलाइ उक्साउने केहि अवशरबादी झुण्ड मात्र देखिन्छन l पूर्व एमाले वा माओबादी दुबैमा दोश्रो पुस्ता सशक्त छ । जो अहिलेका लागि पद हैन भाबिस्यसम्मको ठूलो कम्युनिस्ट पार्टी देख्न चाहेका छन् l उदाहरणकै रुपमा विवादहरू मिलाउने क्रममा शंकर पोख्रेल र योगेश भट्टराइहरुले हामी आफ्नो पद जुन कुनै बेला छाड्न तयार छौं भन्ने जानु यस अगाडी नै गरिसकेका छन् l

१७. बादल र लेखराज भट्टहरु प्रचण्डका उक्शाहटमा साथ् डिरहेका छैनन् l नेतृत्वलाइ यो हेक्का हुन जरुरी छ भने दोश्रो पुस्ताले अहिलेको नेतृत्वलाइ खुलेर च्यालेन्ज गर्न अब ढिला गर्न हुदैन l किन की मुख्य कुरा सरकार र २-४ पद हैन दुइ पार्टीको एकताको महाधिबेशन हो l  महाधिवेशनको परिणामले सबैलाइ ठीक ठाउँमा ल्याउँछ त्यही भएर सबै नेता यसैमा केन्द्रीत हुनुपर्छ ।

देउजा अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य हुन । 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार ०९:१३