११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

गुटबन्दी त्यागेर पार्टी एकतालाई पूर्णता दिने काममा लाग्न प्रचण्डलाई ओलीको निर्देशन


२० कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा इमान्दार भएर लाग्न निर्देशन दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एउटा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचडलाई पार्टी निर्णय कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनुभएको हो ।

पार्टी निर्णय कार्यान्वयन गर्नुको साटो विभिन्न बाहना बनाएर प्रधानमन्त्रीलाई निरन्तर असहयोगको वातावरण सिर्जना गर्न थालेपछि ओलीले बिहीबारको भेटमा प्रचण्डलाई यस्तो निर्देशन दिनुभएको हो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई निर्देशन दिँदै भन्नुभएको छ ‘तपाईं तीन चार जना सचिवालयका सदस्य भेला गरेर अनेक षडयन्त्र र गुटबन्दी गर्न छाडेर पार्टी बनाउने अभियानमा लाग्नुस् तपाई आफू पनि काम नगर्ने र सरकारले गर्न लागेका कामहरूमा पनि भाँजो हालेर डिस्टर्ब नगर्नुस् । बरू पार्टी निर्माण लागि महाधिवेशनको तयारीका लागि अझै प्रभावकारी समन्वय गर्नुस् ।’

प्रधानमन्त्रीले कोटेश्वर र खुमलटारमा बसेरै भएपनि पार्टी सरकार दुबैलाइ सफल बनाउने योजना बनाउन र पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयमा लाग्न निर्देशन दिनुभएको स्रोतले बतायो । प्रधानमन्त्रीले त्यसअघि भएको मन्त्रिपरिषद् बैठकमा सरकारविरूद्धको मोर्चा र गुटबन्दीमा लिप्त नबन्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बैठकको सुरूमै यही सरकारमा रहेर यही सरकारको विरूद्धमा मोर्चाबन्दी गर्ने र दुष्प्रचारमा लाग्ने केहीमन्त्रीतर्फ इंकित गर्दै सरकारविरूद्धका सबै षडयन्त्र आफूले असफल पार्ने बताउनुभएको थियो । सरकारमा रहेका केहीमन्त्री झण्डै एक वर्षदेखि सरकार ढाल्नकै लागि विभिन्न मोर्चाबन्दीमा सहभागी हुँदै आएका छन ।

पछिल्लो समयमा दुई अध्यक्षको अवरणमा नेकपाभित्र बेमेल देखिए पनि एकताको सहमति विपरित नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाख खनालले नयाँ समिकरण बनाएर असामान्य व्यवहार प्रकट गर्दा झण्डै दुई तिहाईको नजिक भएर पनि सरकारले तीव्र गतिमा काम गर्न सकिरहेको छैन ।

पछिल्लो केहीदिन यता अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पदको बार्गेनिङ गरेपछि नेकपाको स्वार्थ समूहकोबीचको टकराव सतहमा देखिएको छ । त्यसपछि केन्द्रीय तहका नेताहरूले र एक अर्काका विरूद्धमा अभिव्यक्तिका माध्यमबाट आक्रमण गरिरहेका छन ।

यो पनि पढ्नुहोस्

ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने, यस्ता छन नेकपाको निर्णय (भिडियोसहित)

२६ भदाै, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको कार्ययोना प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको पार्टी प्रचार विभागका प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो । यसबीचमा पार्टीभित्रको बिवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गर्नुभएको थियो ।

साउन ३० गते गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो । कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रुप दिनुभएको थियो । सो प्रस्तावलाई आज बसेको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यबिभाजन भएको छ भने अव नेतादेखि साधरण सदस्यसम्म कडा अनुशासनमा बाँधिनुर्पे भएको छ । अव सामाजिक सञ्जालमा आफ्नो आक्रोश जथाभावी पोख्न पाइने छैन । नेकपामा अहिलेसम्म सामाजिक सञ्जालमार्फत पार्टी नेताबिरुद्ध जथाभावी कुण्ठा पोख्ने क्रम हुँदै आएको थियो ।

चर्काे बिवादबीच असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक झण्डै पार्टी नै बिभाजन हुने तहमा पुगेपछि कार्यदलहुँदै अध्यक्षद्वयको प्रतिवेदन तयार भएपछि सहमतिमा पुगेर मिलेको हो । यो बैठकसँगै नेकपामा देखिएको बिवादमा पुर्णबिराम लागेको छ । भिडियो साैजन्यः नेकपा प्रवक्ता श्रेष्ठको सचिवालय ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार २०:५१