१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मनपरेकालाई जिम्मेवारी दिन कसैलाई सोध्नु नपर्ने, अनि आफैँ बिधिको कुरा गर्ने ?


-समिर नेपाल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिखेर स्पष्ट बहुमत लिएर देशमा सरकार चलाइरहेको पार्टी हो । २९ महिना अगाडि एकीकरण भएको तर आजसम्म एकिकृत हुन नसकेको पार्टी हो नेकपा । चुनाव चिन्ह सूर्य नै भए पनि सबै उमेदवारले सूर्य चिन्हमा निर्वाचन लड्न नसकेको पार्टी हो नेकपा ।

एकिकरणको २९ महिना वितिसक्दा पनि एमाले र माओबादी केन्द्रका नाममा छुट्टाछुट्टै संसदिय दल संचालन गरिरहेको पार्टी हो नेकपा । एकिकरणको २९ महिना वितिसक्दा पनि पूर्व माओबादी र पूर्व एमाले भनेर भागशान्ती सत्तास्वादमा रमाईरहेको पार्टी हो नेकपा ।

पार्टी कमिटीको काम भन्दा पनि सरकारी काममा बढी रुचि रहेको देखाउदै अगाडि बडेको पार्टी भो नेकपा । सत्ता स्वादमा पसिसकेका देशका दुई कम्युनिस्ट पार्टीहरूले २०७५ जेठ ३ गते मदन आश्रित स्मृति दिवसको ऐतिहासिक दिनलाई उपयुुक्त दिन ठानेर एकीकरण कार्य सम्पन्न गरे । तर बास्तबिकतामा भने नेपाल कम्युनिस्ट पार्टी नेकपा आजसम्म पनि एक हुन सकेको छैन । विधानतः ६र६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नु पर्ने नेकपा को २९ महिनामा जम्मा २ वटा बैठक मात्र भएछन् ।

२०७५ जेठ १६ गते जारी गरिएको अपानी-१ ले ४४१ सदस्यीय केन्द्रीय कमिटी, केन्द्रीय कमिटीको एक तिहाइ सदस्य रहेको पोलिटब्युरो ९जो आजसम्म बन्न सकेको छैन० ४५ सदस्यीय स्थाई कमिटी र ९ सदस्यीय सचिवालय सहितको पार्टी केन्द्रीय संरचनाले ३ महिना भित्रमा सबै तहका कमिटीहरूको एकीकरण सम्पन्न गर्ने निर्णय भएको सन्देश दियो ।

लगत्तै २०७५ साउन १७ गतेको विशेष परिपत्र-१ ले एकिकरणका लागि बनेका कार्यदलले साउन २५ भित्र एकीकरण प्रकृयाका काम सम्मपन्न गरी केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन पेश गर्ने, भदौ ५ गते भित्र प्रदेश र जिल्ला कमिटीहरूको एकिकरण सम्पन्न गर्ने । र २०७५ भदौ १५ गते भित्र जिल्ला कमिटीहरूको प्रथम बैठक आयोजना गर्ने सन्देश दियो । तर आज २०७७ सालको कार्तिक १६ गते भयो मेरो सदस्यता न एमालेमा रह्यो न त नेकपा नै भयो ।

समिर नेपाल र पुष्पकमल दाहाल प्रचण्ड ।

१३ भदौ २०७६ को अपानी-२ ले ०७६ जेठ २ देखि भदौ ५ र भदौ ९ मा सम्पन्न सचिवालयका निर्णय जानकारी गरायो । जसमा जनसंगठनहरूको एकीकरण, केन्द्रीय विभागहरूमा प्रमुख र उप प्रमुखको ब्यबस्थापन, जिल्ला कमिटी, सम्पर्क समन्वय कमिटी, जनवर्गीय तथा सामुदायिक संगठनहरूका इन्चार्ज र सह-इन्चार्ज जिल्ला कमिटी अध्यक्ष र सचिब को ब्यबस्थापन संगसंगै पार्टीको नीति एवं नेतृत्वका विरूद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कार्यवाहिको प्रकृया अघि बढाउने निर्णय गरेको पाइयो ।

सरकारका काम र उप निर्वाचनको समिक्षा गर्दै १५ दिन भित्र एकता प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने मात्र हैन पार्टी र सरकारका बिरूद्ध जनतामा भ्रम छर्ने गरी अनुशासन र पद्धति विपरीत बोल्ने, लेख्ने, पार्टी नीति विपरीत भेला बैठक नगर्ने । विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा पार्टी लाइ विकास गर्ने । अनुशासनहीन काम गर्नेलाई कार्यबाहिको दायरामा ल्याउने निर्णय पनि २०७६ पुष १० मा जारी अपानी-३ ले दियो । तर यसको अबज्ञा गर्दै सामाजिक संजालका भित्ताहरू आज पर्यन्त पनि रंगीइ नै रह्यो ।

२०७६ माघ १५(१९ केन्द्रीय कमिटीको दोश्रो बैठकमा पार्टीले निर्णय मात्र गर्ने की निर्णय कार्यान्वयन पनि गर्ने भन्ने प्रश्न प्रति गहिरो ध्यानाकर्षण गर्दै १५ दिन भित्र एकीकरणका बाकी काम सम्पन्न गर्ने । निर्णय गरियो । पटक पटक १५ दिने कार्य योजनाको निर्णय चै गरियो तर कार्यान्वयन कहिल्यै भएन । सबै कमिटीहरूमा १ तिहाइ महिला सुनिश्चित गर्ने निर्णय गरियो तर केन्द्र बाटै यसको पालना गरीएन । नेकपा पार्टीमा अध्यक्ष र सचिव मात्र राख्ने निर्णय गरियो तर धेरै समय टिक्न सकिएन बहुपदीय संरचनामा जाने कामको सुरूवात गर्दै संगठन विभाग प्रमुखलाई उपाध्यक्ष बनाउने निर्णय गरियो है भनेर २०७७ माघ २८ मा जारी अपानी(४ बाट गराइयो ।

२०७७ भदौ २९ मा पार्टीले अपानी(५ जारी गरो । २०७७ असार १० बाट सुरू भएको पार्टी स्थायी कमिटीको बैठक २०७७ भदौ २६ मा सम्पन्न भयो । यो बैठक चलेको लामो समयका विचमा नेकपा पार्टी झण्डै झण्डै टुक्राटुक्रा भयो । तर अन्तमा पार्टी एकताको महत्त्व लाई आत्मसात गर्ने निर्णय गरो ।

पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने । दुई अध्यक्षमा एउटाले पुर्णरूपमा पार्टी चलाउने अर्कोले पुर्णरूपमा सरकार चलाउने । दुबै पार्टीका सदस्यता विबरण असोज मसान्तभित्र एक गरी सक्ने र बाकी रहेका एकीकरणका सबै काम असोज भित्रै सम्पन्न गर्ने । कार्तिक मसान्तसम्ममा सदस्यता नविकरण सक्ने र २०७७ चैत २५-३० एकताको महाधिवेशन गर्ने ।

तर आजका दिनसम्म मेरो पार्टी सदस्यताको अबस्था के हो मलाई थाहा भएन । आजसम्म मेरो क्षेत्रमा प्रदेश कमिटी नै बनेको छैन । पार्टीमा कुनै पनि गुटगत गतिविधि नगर्ने निर्णय पार्टीमा पटकपटक भयो तर नेताहरू बाटै कार्यान्वयन भएन । सरकार चलाउने अध्यक्षले फटाफट सरकार चलाउनु भयो । पार्टीका कमरेडहरूलाई मन्त्री बनाउनु भयो । किन मलाई सोधिएन( पार्टी चलाउने अध्यक्ष लाई जलन भयो ।

कर्णाली प्रदेश पार्टी कमिटीमा समस्या आयो । पार्टीले कर्णाली प्रदेश कमिटीका कमरेडहरू लाइ केन्द्रमा बोलायो तर समस्या समाधान भएन । कमरेडहरू फर्केर कर्णाली पुगेपछि पार्टी केन्द्रबाट पत्र लेखियो त्यहा पार्टीको विधान किन मिचियो । विधानमा भनिएको छ पार्टीका सर्कुलर, निर्देशन लगायतका पत्राचारमा पार्टीका दुबै अध्यक्षको दस्तखत हुनेछ । यो विधान पार्टीका अध्यक्ष देखि सामान्य पार्टी सदस्य समेतले पालना गर्नु पर्ने हुन्छ । तर आफैले बनाएको विधान पार्टी केन्द्र आफैले पालना गर्दैन भने उसले भनेको अरू कसले मान्छ होला र ?

हिजो म जिल्ला कमिटीको सचिव रहेको समयमा कमिटीको सिफारिसमा ब्यक्ति छान्ने, जिम्मेवारी दिने काम कता कता भएको सम्झना छ तर आज पार्टी कमिटीलाई बेवास्ता गर्ने, विधानतः आफ्नो सदस्यता नविकरणमा ध्यान नदिने, नेताको भक्तिभाव गाउने, चाकडी गर्नेहरू पार्टी सदस्यतालाई क्यास गर्दै अगाडि बडने प्रबृत्ति बढ्दो छ । पार्टीमा पद्धति, सिष्टम भत्किदै जान थालेको छ । कार्यकर्तामा नैराश्यता पलाएको छ ।

पार्टी लाई पद्धतिमा हिडाउने, कमिटी लाई जिम्मेवार बनाउने, पार्टीमा सिष्टम बसाउने जस्ता कुरामा माथिबाटै पहल गरिएन भने पार्टी ठुलो भड्खालोमा पर्ने सम्भाबना देखिन्छ । यसका लागि पार्टी केन्द्रका नेता, मन्त्री, साम्सद जो जसले जसलाई जहाँ नियुक्ति दिन, दिलाउन चहानुहुन्छ दिनुस दिलाउनुस ।

तपाईहरूको निर्णयमा आजसम्म विमति जनाईएको छैन र जनाइने पनि छैन । तर यत्ति हो सम्बन्धित ब्यक्तिलाई जिम्मेवारी दिनु पूर्व उसको सदस्यता रहेको जिल्ला कमिटीबाट सिफारिस ल्याउन चै भनी दिनुस । यसले पार्टी लाई पद्धतिमा लैजान सहयोग नै गर्ने छ भनेर पटक पटक पार्टीसंग माग गरियो । तर पूरा भएन । बरू माथीबाट उल्टै पार्टी कमिटी के हो र पैसा र चाकरी नै ठुलो कुरा हो ।

पैसा नहुने, अनि चाकडी र चाप्लिसु नगर्नेहरूले अब पार्टीमा नबसे पनि हुने भो पो भनियो कि जस्तो लागेको छ । आफुले गरेको निर्णय आफैले पूरा गर्नु नपर्ने । मनपरेको मानिसलाई जिम्मेवारी दिन कसैलाई सोध्नु नपर्ने तर भन्न चै कम्युनिस्ट पार्टी अनुशासितहरूको पार्टी हो भनेर भनिदिनु पर्ने । खै कस्तो पार्टी चलाउने जमर्को गरिदैछ । अचम्ममा पो परिदैछ ।

(नेपालले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार हामीले साभार गरेका हाैँ ।- सम्पादक)

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार १३:००