७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन, चार हप्ताका लागि धेरै सेवा बन्द


१६ कात्तिक, काठमाडाैँ । इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउनको घोषणा गरेका छन । प्रधानमन्त्री बोरिसका अनुसार आगामी बिहीबारदेखि लकडाउन कार्यान्वयनमा आउने छ ।

प्रधानमन्त्री बोरिसले पब्स, रेष्टुरेन्ट, जीमलगायत अति-आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुने बताएका छन । यद्यपी उनले स्कुल, कलेज र विश्वविद्यालय भने खोल्न दिइने र डिसेम्बर दुई तारिखदेखि लकडाउनमा पुनर्विचार गरिने बताएका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार ०७:५५