१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काेराेना कहरः नेकपाको चियापन नहुने


११ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलवार विज्ञप्ति जारी गरी कोभिड–१९ महामारीका कारण यस वर्ष चियापान कार्यक्रम स्थगन गरिएको जानकारी दिए । विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार १३:४२