१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

दशैँको रोचक आर्शिवाद ‘भारतको जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु’


-रूपक लोहनी

अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु । जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु । चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु । भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु, आफु ‘सही छु’ भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु ।

फाइल फोटो ।

जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु  । जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु । ग्रीसको अर्थतन्त्र जस्तो “भित्र खोक्रो बाहिर बोक्रो” भएर पनि काम छैन जरै देखी मजबुत हुनु । रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटी जस्तो सानो सोच लिएर कहिल्यै नहिंड्नु ।

फाइल फोटो ।

समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै तपाईंका दुश्मनहरुले घेर्नेछन् तर पनि नडराउनु । आफ्नो इमानमा डटिरहनु । आफ्नो फाइदा हुन्छ भने BBC CNN जस्तो गरि असत्यलाई पनि ‘सत्य’ र सत्यलाई पनि ‘असत्य’ भन्दै नहिड्नु ।

सधैं ‘अल्जाजिरा टेलिभिजन’ झैँ तटस्थ भएर उभिनु । संयुक्त राष्ट्र संघझैं दादागिरी देखाउन थाले IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन, त्यसैले निर्धाहरुको पनि अस्तित्व स्वीकार्नु । ती आँखा सधैं ‘वीकी लिक्स’ झैं चनाखो राख्नु । त्यसै गरी तपाईंहरुका बोली र बिचारले संसार भर ‘पनामा पेपर्स’ जत्तिकै तहल्का मच्चाउन् । विजया दशमीकाे यही छ शुभकामना । दशैको शुभकामना ।

(लोहनीले फेसबुक म्यासेन्जरमा पठाएको यो सन्देश उहाँकै अनुमतिमा प्रकाशन गरिएको छ ।-सम्पादक)

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार ०६:०७