१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए २७२० जना काेराेना संक्रमित


७ कात्तिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३५७ जना, ललितपुरमा २३६ जना र भक्तपुरमा १२७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा ४४९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

सांकेतिक तस्विर

सक्रिय संक्रमितको संख्या काठमाडौँ जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८२९ पुगेकाे छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १६:५९