११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पछिल्लो २४ घण्टामा थपिए ४४९९ कोरोना संक्रमित, २६६८ जना निकाे भएर घर फर्किए


७ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ४४९९ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै हालसम्म नेपालमा काेराेना संक्रमितकाे  कुल संख्या १ लाख ५३ हजार ८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २६६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेकाे छ । काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८२९ पुगेकाे छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १६:३४