४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

कांग्रेसमा अन्तरघातीलाई कारबाही गर्ने हो भने प्रकाशशरण महतबाट सुरु गर्नुपर्छः सभापति केसी


२७ जेठ, काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले पार्टीका अन्तरघातीलाई कारबाही गर्ने अभियान शीर्ष नेताहरुबाटै सुरु गर्नुपर्ने बताएका छन । बिज एफ एम ९४.९ को बिज विशेषमा कुरा गर्दै सभापति केसीले निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने अभियान चलाउने डा प्रकाशरण महतहरुबाट सुरु गर्नुपर्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई निर्मम ढंगले कारबाही गर्ने बताएर असारको पहिलो साता हुने जिल्ला सभापतिहरुको भेलामा आफ्नाविरुद्धको आवाज कमजोर गराउन खोजेको बताए । उनले निर्वाचनको समयमा भएका गतिबिधि पुरानो भैसकेको भन्दै अन्तरघात गर्नेलाई कारबाही नै गर्ने हो भने शीर्ष नेतृत्वबाट सुरु गर्नुपर्ने बताए ।

उनले आफूलाई चुनाव हराउन महले फोन गर्ने र काठमाडौँमै बोलाएर केसीलाई भोट नदिनुभन्दै अपिल गरेको प्रमाण आफूसँग रहेको बताए । केसीले कारबाहीको विषयमा सभापति देउवाले इमान्दारिता र निष्पक्षता देखाउने हो भने आफूहरुले पनि सहयोग गर्ने बताए । उनले सभापतिहरुको भोलामा आफूले नुवाकोटका तल्ला तहका नेता कार्यकर्ताको सुझाव समेत लिएर जाने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार ०९:२७