१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछः पूर्वराजा शाह


६ कात्तिक, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध भएको बताएका छन। दशैँको शुमकामना दिने बहानामा एउटा सन्देश सार्वजनिक गर्दै उनले नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदै गएको बताएका छन ।

उनले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको गुनासो गरेका छन । दशैँको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको उल्लेख गरेका छन ।

शाहले संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै अहिले पनि त्यस्तो देखिएको बताएका छन । उनले राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् । रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उनले बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार २१:२५