७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

समृद्धि फाइनान्सको डिसिईओमा टिका निधि लोहनी


६ कात्तिक, काठमाडौँ । समृद्धि फाइनान्सको डेपुटी चिफ एजुकेटिभ अफिसर (डिसिईओ)मा टीकानिधी लोहनी नियुक्त हुनुभएको छ । व्यवस्थापनमा अब्बल लोहनी गत साता फाइनान्सको डिसिईओमा नियुक्त हुनुभएको हो । लोहनी यसअघि समृद्धि फाइनान्सको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

वर्ल्ड मर्चेन्ट एण्ड बैंकिङको नाममा २०५७ सालमै कारोबार गरेको यस संस्था बीचमा समस्याग्रस्त घोषित भएको थियो । फाइनान्सले गत वर्षको कार्तिक २५ गतेदेखि नयाँ नाम र बाट नयाँ कार्यसमितिसहित समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु गरेको छ । प्रधान कार्यालय हेटाैँडा रहेको फाइनान्सले पछिल्लो समय व्यापक सुधार गरेको छ । २०० प्रतिशत हकप्रद सेयर बिक्री गरेर फाइनान्सले चुक्ता पुँजी ५४ कोड ५९ लाख ४० हजार रुपैयाँ पुर्याएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार १८:११