७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख गोयलबीच भेटवार्ता


६ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (र) का प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग गोयलको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए  । भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको थियो ।


सोहीअनुसार दुई देशबीच आइपर्ने समस्याको दुई पक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । गोयलसहित भारतीय प्रतिनिधिहरु विहिबार दिल्ली प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १४:१६