७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

तनहुँकी गर्भवती महिलाको काेराेना संक्रमणबाट निधन


६ कात्तिक, काठमाडाैँ । चिनतवनको भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको कोरोना संक्रमणको कारण बिहीबार निधन भएको छ। तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा–५ बस्ने ३३ वर्षीय गर्भवती महिलाको निधन भएको अस्पतालले जनाएको छ ।

असोज ३० गते खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाइ आइसोलेसनमा भर्ना गरी उपचार गरिएको थियो।

३७ हप्ताकी गर्भवती ती महिलाको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि कात्तिक ५ गते कोभिड आइसीयूमा राखी भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालले जनाएका छ। उपचारकै क्रममा उनको बिहीबार बिहान ६ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार ०८:४६