१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरको सातौँ जित, कोलकत्ता ८ विकेटले पराजित


६ कात्तिक, काठमाडाैँ । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले सातौँ जित निकालेको छ । गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लाेरले आईपीएलमा सातौँ जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लाेरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्तालाई हराएसँगै बेङ्ग्लाेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लाेरको १० खेलमा ७ जितसहित १४ अंक छ । कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार ०७:५७