१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप २६ जनाकाे मृत्यु


५ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप जना ५७४३ जना कोरोना संक्रमित थपिएका छन । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

फाइल फाेटाे

उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । थपिएका संक्रमितमध्ये काठमाडौँमा २३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा ३१०७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण  निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १६:५०