१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

काठमाडाैँ उपत्यकाका ३१०७ सहित पछिल्लो २४ घण्टामा थपिए ५७४३ कोरोना संक्रमित


५ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ५७४३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा २३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा ३१०७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण  निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १६:३४