७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हालसम्मकै ठूलो आईपीओ ल्याउँदै इन्फ्रास्ट्रक्चर बैंक


५ कात्तिक, काठमाडाैँ ।  शेयर बजारमा अहिलेसम्मकै ठूलो आइपिओ आउन लागेको छ । इन्फ्रास्टक्चर बैंकले ८ अर्ब रुपियाँको ८ करोड कित्ता सर्वसाधारण शेयर आइपिओ निष्काशन गर्ने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओ जारी गर्नका लागि साधारणसभा (एजिएम) बोलाएको छ, उक्त साधारणसभाले आइपिओ जारी गर्न स्वीकृत दिएलगतै  साधारण शेयर जारी गर्ने तयारीमा छ ।

इन्फ्रास्ट्रक्चर बैंकले एजिएमबाट स्वीकृति लिन मंसिर ३ गते साधारणसभा गर्न लागेको हो । बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ छ । यसको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने छ । यसमध्ये ०.२ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याइएको छ ।

बैंकले पहिलो साधारणसभाबाट पनि स्वीकृति लिएको थियो । तर त्यतिबेला शेयर निष्कासन हुन सकेको थिएन् । चालु वर्षभित्रै शेयर जारी गर्नका लागि साधारणसभाबाट पुन स्वीकृति माग गरिएको हो ।

ठूला पूर्वाधार परियोजनामा लगानी गर्न सरकारको १० प्रतिशत शेयर लगानी भएको इन्फ्रास्ट्रक्चर बैंक खोलिएको हो । उक्त बैंकमा ९० प्रतिशत शेयर निजी क्षेत्रको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १२:२०