७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

धरानमा थप १ काेराेना संक्रमितको मृत्यु


४ कात्तिक, धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

फाइल फाेटाे

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । नियमानुसार शव व्यवस्थापन भइरहेको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:१२