८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको चौंथो जित, साविक उपविजेता चेन्नई ७ विकेटले पराजित


४ कात्तिक, काठमाडाैँ । आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।

चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ र रोबिन उथप्पाले ४ रन बनाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।

जितसँगै राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा छ । १० खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०८:३१