६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

नुवाकोटका शिक्षासेवी भण्डारी त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदमा मनोनित


४ कात्तिक, नुवाकोट । त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् त्रिवि सभाको सदस्यमा नुवाकोटका शिवबहादुर भण्डारी मनोनित हुनुभएको छ । लामो समयदेखि शिक्षा सेवामा क्रियाशिल भण्डारीलाइ केही दिनअघि त्रिवि सभामा मनोनित गरिएको हो ।

नुवाकोटको सूर्यगढी सामुदायिक क्याम्पस चोकदेको क्याम्पस प्रमुख समेत रहनु भएका भण्डारीले तीन दशक बढी समय शिक्षा क्षेत्रमै व्यतित गर्नुभएको छ । इमान्दार स्वच्छ छवीका भण्डारी यसअघि पनि त्रिवि सभाको सदस्य हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०८:१४