१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रोल्पाको लिवाङमा प्रभु बैंको २१० औँ शाखा, सोमबारबाट कारोबार सुरू


३ कात्तिक, रोल्पा । रोल्पाको लिवाङमा प्रभु बैंको शाखा सञ्चालनमा आएको छ । प्रभु बैंकले सोमबारदेखि रोल्पा नगरपालिका वडा नं। ०४ स्थित लिवाङमा आफ्नो २१० औँ शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण के। सी।ले गरे ।

साे अवसरमा मेयर केसीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उनफे प्रभु बैंकको गाउँगाउँमा शाखा विस्तार गरेर सेवा दिने अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिए । बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।

बैंकले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्न अनुरोध गरेको छ । उसले लिवाङ क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार २३:१५